बढुवामा अन्याय भएको भन्दै दुई डिएसपीले दिए उजुरी
काठमाडौं । नेपाल सशस्त्र प्रहरी बलको प्रहरी उपरीक्षक (एसपी) बढुवामा अन्याय भएको भन्दै दुई सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)ले उजुरी दिएका छन् ।
डिएसपी लेखनाथ खनाल र अच्युत मजगैयाले आइतबार उजुरी दिएका हुन् ।
सशस्त्र प्रहरी नियमावलीको नियम ५५ मा बढुवा सिफारिस उपर चित्त नबुझे उजुरी गर्न सक्ने प्रावधान छ ।
गत ५ चैतमा बढुवा सिफारिस समितिले ३७ जना डिएसपीलाई एसपी बढुवामा सिफारिस गरी चित्त नबुझे एक साताभित्र उजुरी दिन सूचना प्रकाशन गरेको थियो ।
बढुवा समितिले निष्पक्ष मूल्याङकन नगरी आफूहरुलाई अन्याय गरेकाले उजुरी दिएको डिएसपी खनालले बताए ।
गृहसचिव नेतृत्वको बढुवा उपरको बढुवा उपर उजुरी सुन्ने समितिमा उनीहरुले उजुरी दिएका हुन् । सो समितिको सदस्यमा सशस्त्र प्रहरी महानिरीक्षक सदस्य रहन्छन् ।
महानिरीक्षक नेतृत्वकै बढुवा सिफारिस समितिले गत साता बढुवा सिफारिस गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत