ओली सरकारविरुद्ध मोर्चाबन्दी
काठमाडौं । केपी ओली नेतृत्वको नेकपाको सरकारको लगभग चार सय चार दिन पूरा भएका छन् । सरकारका चार सय दिन असफल सावित हुँदा त्यसको नतिजा आम जनतामा निराशा उत्पन्न गर्ने तहको बन्न पुगेको छ ।
यसै गरी एकीकृत पार्टीलाई पूर्णरुपमा सञ्चालनको मामिलामा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व तह त्यसैगरी असफल सावित भैरहेको छ ।
पार्टी सञ्चालनको मामिलामा नेतृत्व तह असफल हुँदा एकातिर कार्यकर्ताहरूले जिम्मेवारी पाएका छैनन् । र, उनीहरू पनि त्यसैगरी निराशा र कुण्ठा बढ्न थालेको छ ।
सरकारका साथै २०७५ जेठ ३ गते गठन भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी पनि अपांग अवस्थामा रहेको छ ।
केन्द्रीय कमिटी अपांग हालतमा पुगेको छ भन्ने पार्टीको जनसंगठनहरू निर्माण हुन सकेका छैनन् । तल्लो कमिटी एकीकृत रुपमा सञ्चालन कहिल्यै हुने हो अत्तोपत्तो छैन ।
यी समस्या समाधानका पक्षमा नेकपाको नेतृत्व तह असफल हुँदा विरोधीहरू यसको फाइदा लिन कस्सिन थालेका छन् ।
यही कारणले गर्दा नै संविधानभित्रका तथा संविधान बाहिरका शक्तिहरू सरकारका विरुद्धमा चौतर्फी रुपमा सक्रिय हुन थालेका छन् ।
नेकपाको पार्टीभित्रैबाट पनि सरकारको कमजोरीको फाइदा उठाउन मोर्चाबन्दीका साथ विभिन्न राजनीतिक गतिविधि हुन थालेका छन् ।
सरकार गठन भएको एक वर्षभन्दा बढी समय वितिसक्दा पनि सरकारले संयुक्त घोषणा पत्रमा गरिएका प्रतिबद्धता अनुरुप आमजनतामा तत्काल राहत पुग्ने कुनै कार्यक्रम नल्याएको र ल्याइएका केही कार्यक्रम पनि असफल सावित भएकाले आमजनतामा सरकारप्रति निराशाको भाव बढ्न थालेको छ ।
विभिन्न दैनिक समस्याबाट गुज्री राखेका जनता भने यो सरकार गठन गर्दा व्यक्त गरिएको प्रतिवद्धता पार्टीको संयुक्त घोषणा पत्र अनुसारको प्रतिफल दिन नसकेको भनेर सरकारसँग रुष्ट बन्न थालेका छन् । साँघु साप्ताहिकबाट साभार
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत