प्रचण्ड अमेरिकाबाट फर्कनेवित्तिकै ओलीमाथि बज्रपात हुने, श्रेष्ठले बनाए डिजाइन
काठमाडौं । प्रधानमन्त्री केपी ओलीमा राजनीतिको नाममा ‘र’ पनि ज्ञान नभएको, आत्मेन्द्रित व्यक्तिावादी, पार्टीभन्दा आफूलाई माथि राख्ने, मपाइँत्व, राजनीतिक चेतना शून्य, सामन्तवादी हठ रहेको कमल थापा जस्तै, प्रतिगामी सोँच रहेको कम्युनिस्ट चरित्र एक प्रतिशत पनि नरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठको बुझाइ रहेको उनी निकटको स्रोतको भनाइ रहेको छ ।
श्रेष्ठले पनि जति दिन केपी ओली प्रधानमन्त्रीमा आसीन हुन्छन् त्यति नै देश थप बर्बादीमा जान्छ भनेर आक्रोस व्यक्ति गर्दै आएका छन् ।
कम्युनिस्ट पार्टी विचार, राजनीति, संगठनात्मक र अलग कार्यशैलीले चल्ने भएपनि नेकपा नेपाली कांग्रेसको भन्दा पनि प्रतिगामी यात्रामा जान लागेकाले केपी ओलीको नेतृत्वको सरकारलाई ढाल्न आफूले पहल लिइरहेको आफ्ना निकटका कार्यकर्तालाई प्रवक्ता श्रेष्ठले बताउने गरेको स्रोतले जनाएको छ ।
‘प्रचण्डलाई प्रधानमन्त्री, माधवकुमार नेपाललाई पार्टी अध्यक्ष, संगठन विभाग प्रमुखसहित कार्यकारी भूमिकामा वामदेव गौतम, सम्मानित भूमिकामा झलनाथ खनाललाई लैजाने मेरो प्रस्ताव हो, यसमा सहमतिको निकट पनि पुगिएको छ, प्रचण्ड अमेरिकाबाट आएपछि ओलीले गम्भीर ढंगले सोँचेनन् भने कडा स्टेप चालिन्छ’, भेटघाटमा गएका आफ्ना निकटका नेता तथा कार्यकर्तासँग नारायणकाजीले आजभोलि बताउने गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी ओली डाभोस गएको बेलामा नारायणकाजी श्रेष्ठले प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई आफ्नो निवासमा गाप्य बैठक पनि गराएका थिए ।
नेताका सहयोगी र सुरक्षाकर्मीलाई समेत उनले राखेको त्यो गोप्य बैठकमा प्रवेश निषेध गरिएको थियो । साँघु साप्ताहिकबाट साभार
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत