एनसीसी अमेरिकाको बोर्ड सदस्यमा रानाको उम्मेदवारी

अमेरिका । विशाल रानाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको बोर्ड सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

सन् २०१७ को एनसीसी अमेरिकाको निर्वाचनमा सदस्य बनेका राना यो पटक युवाहरूको प्रतिनिधित्व गर्दै बोर्ड सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

अमेरिकाको मेरिल्यान्ड राज्यको क्याम्बरिजमा बस्ने राना सबै नेपालीको दुःख सुःखको सारथी बन्दै आएका छन् ।

रानाले सबै नेपाली युवाहरूको नेतृत्व गर्न आफू बोर्ड सदस्यमा आकांक्षी भएको बताएका छन् ।

उनले युवाहरूको उर्जाशील समयलाई सदुपयोग गर्नुपर्ने भन्दै एनआरएनए एउटा सम्पूर्ण नेपालीहरूको साझा संस्थामा आफूले स्थान पाउनेमा ढुक्क छन् ।

सन् २०१७ को संघको विश्व सम्मेलन र अधिवेशनले दोस्रो पुस्तालाई थिमका रारुपमा राखेको थियो ।

नेपाली युवा र विधार्थीले अमेरिकामा भोग्नु परेका समस्या, मौका र भविष्यका लागि युवा नै अगाडि आउनुपर्ने उनले बताए ।

राना तनहुँ जिल्लाको भीमादमा जन्मिएका हुन् । उनी नवलपरासीको कावासोतीमा हुर्किएका थिए ।

विधार्थी राजनीतिबाट विभिन्न सामाजिक कार्यमा सकृय रहेका राना सन् २०१६ मा अमेरिका आइपुगेका हुन् । रानाले सन् २०१९–२०२१ को निर्वाचनमा नयाँ नेतृत्वका लागि बोर्ड सदस्यमा दाबी गरेका हुन् ।

Published : Sunday, 2019 March 24, 5:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया