देउखुरीमा महिला संघका कार्यकर्तालाई प्रशिक्षण

मसुरिया । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ दाङले राप्ती गाउँपालिका वडा नं ५, ६, ७ र ८ का महिला संगठनका पदाधिकारीहरूलाई पिपरी पार्टी कार्यलयमा प्रशिक्षण दिएको छ ।

साविक सिसहनियाँ गाविस अन्तरगत पर्ने चार वडामा गठन गरिएको नेपाल महिला संघका पदाधिकारीहरूलाई आइतबार प्रशिक्षण गरिएको हो ।

कार्यक्रम नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावतको अध्यक्षता, पूर्वसांसद सुशीला चौधरीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी विशिष्ट आतिथ्य रहेका थिए ।

महिला संगठनका पदाधिकारीहरूलाई प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा साविक सिसहनियाँ गाविस तथा लालमटिया गाविसका ईकाई पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

पार्टीको सिद्धान्त, पार्टीको इतिहाँस, नेपाली कांग्रेसले गरेका आजसम्मका कामको मूल्याङ्कन योग्य कार्य, आगामी योजना रणनीति, पार्टीको विधान लगायतका विषयमा प्रशिक्षण गरिएको नेपाली कांग्रेस नेतृ सुशीला पौडेलले जानकारी दिइन् ।

महिला संगठनका पदाधिकारीहरूलाई प्रशिक्षण पश्चात क्रियाशील परिचय पत्र समेत वितरण गरिएको छ ।

कार्यक्रममा सिहनियाँ तथा लालमटियाका ईकाई सभापति बेदप्रसाद चौधरी, दुर्योधन पाण्डे, महिला संगठनका जगदम्वाकुमारी चौधरी, पुष्पा पाण्डे, शान्ता घिमिरे, कविता आचार्य लगायतकाले नेपाली कांग्रेस पार्टीको गरिमा, अवस्था, गर्नुपर्ने कार्य, थाल्नुपर्ने कार्यका विषयमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए ।

Published : Sunday, 2019 March 24, 3:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया