डोल्पाका शाहीलाई उपचार खर्च अभाव, दुबै खुट्टा गुम्यो
काठमाडौं । कर्णाली प्रदेशअन्तर्गत डोल्पा जिल्लाको ठूली भेरी नगरपालिका वडा नं. ८ निवासी दीपेन्द्र शाहीका दुबै खुट्टा काटेर शल्यक्रिया गरेपछि उपचारमा समस्या बढ्दै गएको छ ।
उनले चितवनको भरतपुरमा आफ्नो उपचार गराइरहेका छन् । बेखर्च भएपछि अहिले शहीले साथीभाईले दिएको सहयोगबाट उपचार गराउँदै आएका छन् ।
हड्डी, छाला र नसाको समस्याका कारण शाहीको दुबै खुट्टा काटेर शल्यक्रिया गरिएको हो । शल्यक्रिया गरिए पनि शाहीलाई पूर्ण रुपमा निको भएको छैन । झन् समस्या थपिदै गएको छ ।
पछिल्लो समयमा शाहीलाई औषधि खरिददेखि बिहान बेलुका खान समेत समस्या हुँदै गएको छ । अहिलेसम्म उपचार खर्चमा शाहीले झण्डै १६ लाख खर्च गरिसकेका छन् । शाहीले उपचारका लागि सहयोगको अपील पनि गरेका छन् ।
शाहीले सहयोगका लागि नेपाल बैंक लिमिटेडमा ०८७०१००६४३३५१९०००००१ नम्बरको खाता पनि खोलेका छन् ।
सहयोग गर्न चाहन भएकाले ९८६९३८६५२२ सिधै फोन गरेर पनि सहयोग गर्न पनि सकिने शाहीले बताएका छन् ।
दुर्गम जिल्ला डोल्पाका शाहीले आफ्नो उपचार खर्चमा ठूलो रकम खर्च भएपछि घर परिवारको गुजारा कसरी गर्ने हो भनेर पीडा हुने गरेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत