प्राविधिक र गुणस्तरीय शिक्षामा नयाँ बहस गरौँः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्न आग्रह गरे । उनले गुणस्तरीय शिक्षामा नयाँ ढंगको बहस गर्नुपर्ने बताए ।

सभापति देउवाले भने, ‘नेपालमा धेरै विश्वविद्यालय छन्, त्रिभुवन विश्वविद्यालयमा नै गुणस्तरीय अध्ययन भैरहेको छैन ।’

गुणस्तरीय शिक्षा नहुँदासम्म विश्वविद्यालय जति खोेले पनि देशको विकास हुन नसक्ने बताए ।

Published : Saturday, 2019 March 23, 4:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया