कोमलसहित दाङका चार जना राप्रपाको केन्द्रीय सदस्य मनोनीत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य पदमा मनोनय गरेका छन् ।
तत्कालीन राप्रपा (प्रजातान्त्रिक) छाडेर आएका नेता तथा अन्य नेताहरूलाई थापाले शुक्रबार विधान बमोजिम केन्द्रीय सदस्य नियुक्त गरेका हुन् ।
केन्द्रीय सदस्य नियुक्ति पाउनेमा नीलकण्ठ काफ्ले (नवलपरासी), प्रदीप उदय (रुपन्देही), सुरेन्द्र के.सी. (भक्तपुर),सरोज शर्मा (नवलपरासी), दीपककुमार राई (नुवाकोट), ताहिर अली (रुपन्देही), मीना स्वर्णकार (दाङ्ग), सलाउद्धिन जसगढ (बाँके), रमेश अर्याल (बाँके), दिलिपबहादुर बस्नेत (काठमाण्डौं), शोभा शाही (जाजरकोट), खेमराज गौतम (बाँके), ललिता मण्डल (सप्तरी), गंगाराम कलवार (रुपन्देही), युवराज घिमिरे (गुल्मी), श्याम लामा (धादिङ्ग),सुरज न्यौपाने (चितवन) र कौशल आचार्य (दाङ्ग) रहेका छन् ।
राप्रपाको आमन्त्रित केन्द्रीय सदस्य मनोनीत हुनेमा नगिना यादव (पर्सा), मधु रिसाल (नुवाकोट), राधेश्याम साह (रौतहट), सीता बस्याल (नवलपुर), पूर्णबहादुर विक (रुपन्देही), कोमल विक (दाङ्ग), नरेन्द्रप्रसाद फुयाँल (नुवाकोट), सीता खड्का थापा (कास्की), देवनन्दन गोइत (धनुषा), प्रवलशम्शेर जबरा (काठमाडौं), रामबहादुर श्रेष्ठ (नवलपुर), माया शाह (दाङ्ग), मेनुका खाण केसी (गुल्मी) र सम्झना अधिकारी (काठमाडौं) रहेको प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत