कांग्रेसबारे जथाभावी नबोल्न गगनको अपील, जिते युवाहरुको मन
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले नेताहरुले जथाभावी बोल्दै गए पार्टी भड्खालोमा पर्ने बताएका छन् ।
शुक्रबार काठमाडौं जीपी कोइराला फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा नेता थापाले कांग्रेसका जिम्मेवार शीर्ष नेताहरुलाई जथाभावी नबोल्न सुझाव दिए ।
उनले महामन्त्री डा.शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
‘कांग्रेसको जिम्मेवार नेताहरुले पार्टीको छलफलहरुमा केही नराख्ने’, थापाले भने, ‘खुला छलफलमा गएर यो विषयमा जनमत संग्रह गरौं, त्यो विषयमा जनमत संग्रह गरौं भन्ने हो भने पार्टी ठूलो भड्खालोमा लिएर जान्छ ।
युवा नेता थापाले भने, ‘यो नगरौं । के केमा डिपार्चर गर्नुपर्ने हो, पार्टीमा छलफल गरौं ।’
कोइरालाले बुधबार धर्मसँगै गणतन्त्र र संघीयताबारे जनमत संग्रह गर्न कांग्रेस तयार रहेको बताएका थिए । अर्को दिन चितवनमा पुगेर बोली फेरेका छन् ।
‘ऐतिहासिक संविधान बनेकोमा गौरब गर्छौं भनेर शुरु गर्ने’, उनले भनेका छन् ।
‘तल गएर के के लेख्यौं के के लेख्यौं भन्दा त अस्ती सभापतिले भनेको जस्तो हुन्छ, यो सम्झौताको विरोध गर्छु, पढ्न चाहिँ पढेको छैन । यसो नगरौं’, युवा नेता थापाले भने ।
गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको सुत्र पार्टीमा आवश्यक रहेको उनले बताए । तर, सहमति विधानमा टेकेर मात्र खोज्नुपर्ने उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत