कांग्रेस नेता खतिवडाले घरमै पुर्याइदिए अपाङ्गलाई ह्वील चेयर, लगाए टीका
ओखलढुंगा । नेपाली कांग्रेस युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका एकजना अपाङ्गलाई घरमै ह्वील चेयर लगेर दिएका छन् ।
ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ३ का अपाङ्ग प्रदीप योगीलाई घरमै लगेर ह्वील चेयर दिएका हुन् ।
पूर्वएमालेका निकट यज्ञराज सुनुवारसँग प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका कांग्रेसका युवा नेता खतिवडा गृहजिल्लाको विकास निर्माणदेखि सामाजिक कार्यहरूमा सहभागी हुँदै आएका छन् ।
योगीको कम्मरभन्दा मुनिको भाग चल्दैन । ह्वील चेयर पाएपछि योगीले खुसी व्यक्त गरेका छन् । उनले ह्वील चेयर घरसम्म ल्याएर उपलब्ध गराइदिएको भन्दै कांग्रेसका सांसद खतिवडालाई धन्यावाद दिएका छन् ।
ह्वील चेयर हस्तान्तर गरेपछि कांग्रेसका युवा नेता खतिवडाले योगीकै हातबाट रंग र अबिर लगाएर होली खेल्न सुरुवात गरेका थिए ।
खतिवडाले होलीपूर्णिमाका अवसरमा देश विदेशमा रहेका सबै नेपालीहरूलाई शुभकामना दिएका छन् ।
‘स्वदेश र विदेशमा रहेका सबै नेपालीहरूमा होली पर्वको अवसरमा सुस्वाथ्यको कामना गर्दछु’, उनले भनेका छन्, ‘फागुपूर्णिमाले सबै नेपालीहरूमा भाइचारा ल्याइदिएको छ ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत