कांग्रेसका कोषाध्यक्षहरूको भेला पोखरामा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षको भेला पोखरामा हुने भएको छ ।

जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिको तेस्रो सम्मेलन चैत अन्तिम साता पोखरामा गर्न लागेको कांग्रेसले जनाएको छ ।

राष्ट्रिय कार्यसमितिका सभापति गोविन्द पुडासैनीका अनुसार पार्टीको आर्थिक स्रोतलाई सुदृढ गर्न, पारदर्शी, जवाफदेही बनाउन सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनको उद्घाटनमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा जानेछन् ।

Published : Wednesday, 2019 March 20, 12:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया