गगनले परिवारसँग यसरी मनाए होली

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशभरिका आफ्ना शुभेच्छुक र कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई शुभकामना दिएका छन् ।

थापाले बुधबार काठमाडौंको मैतीदेवीस्थित निवासमा पत्नी र दुई छोरीका साथ होली खेलेका छन् । होलीको तस्बीर उनले सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् ।

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा बुधबार र तराईमा बिहीबार होली मनाइँन्छ ।

रङ्गहरूको पर्वमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापाले रंगीन शुभकामना दिएका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमा सन्देशसहित आफ्नो परिवारको रंगीन तस्वीर पोष्ट गरेका छन् ।

उनले लेखेका छन्, ‘रंगको पर्व होली–फागुले सम्पूर्ण नेपालीमा पारस्परिकता, एकता र सामाजिक सद्भाव कायम गरोस्। सबैमा फागुको रङ्गिन शुभकामना । होली रे…।’

Published : Wednesday, 2019 March 20, 12:05 pm

1 प्रतिकृया प्राप्त “गगनले परिवारसँग यसरी मनाए होली”

  • सबै नेपाली जनहरुलाई र काँग्रेसी मनहरुलाई छुने किसिमले हाेली मनाउने प्रयास गर्नुभएकाेमा साधुवाद।एक पटक तराइकाे सुदुर बस्तिमा हाेली मनाउने साेच बनाउनुहुन सादर निमन्त्रणा छ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया