आधा घण्टाभित्रै युवा तरुणहरूले निभाए आगो

कैलाली, ५ चैत । बझाङको सदरमुकाम चैनपुरस्थित जिल्ला समन्वय समिति कार्यालय नजिकैको गल्ली आगलागी हुँदा तरुण युवाहरूको प्रयासमा आगो नियन्त्रणमा आएको छ ।

तरुण दल बझाङ जिल्ला अध्यक्ष विष्णु एडी, नगर सभापति अनिल बिष्ट, भीमसेन सुनार, राजिव भण्डारी लगायतका युवाहरूले घट्ना स्थलमा तत्काल गई पसलमा लागेको आगो नियन्त्रणमा लिएका हुन् ।

तरुण दल बझाङका अध्यक्ष एडीका अनुसार आगो लागेको देख्नेवित्तिकै युवा तरुणहरूले आधा घण्टाभित्र नियन्त्रणमा लिइएको थियो ।

आगलागी भएको आधा घण्टापछि मात्रै प्रहरी आगलागी भएको स्थानमा आएको थियो । प्रहरी आउँदासम्म युवा तरुणहरूले आगो निभाइ सकेका थिए ।

Published : Wednesday, 2019 March 20, 10:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया