सेनालाई ध्वस्त बनाउने कम्युनिस्टहरूको योजना पूरा हुँदैनः खतिवडा
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेपाली सेनालाई राजनीतिक हस्तक्षेप गर्ने गरेर राष्ट्रिय सुरक्षा नीति विधेयक बनाएको भन्दै आपत्ति जनाएका छन् ।
गृहजिल्ला ओखलढुंगामा मंगलबार आयोजित कार्यक्रममा खतिवडाले नेपाली सेनाको व्यावसायिक मर्यादामा आँच आउन कुनै पनि कार्य नेपाली कांग्रेसलाई मान्य नहुने बताए । उनले निस्पक्ष राष्ट्रिय चरित्र बोकेको नेपाली सेनालाई कम्युनिस्टहरूले निशाना बनाएकोमा आपत्ति जनाए ।
‘सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित ७ जना हुन्छ । यी ७ जनाको एक दिन बैठक राख्न नसक्ने २५ जनाको क्याबिनेटमा लगेर सेनालाई परिचालान गर्न खोज्नु भनेको राष्ट्रियातामाथि नै खतरा बढेको आभास भएको छ’, उनले भने, ‘नेपाली सेनालाई राजनीतिककरण गर्न खोज्ने कम्युनिस्ट सरकारको घोर भात्सर्ना गर्दछु ।’
उनले नेपाली सेना परिचालनको व्यवस्थासम्बन्धी विषय फिर्ता लिन सरकारसँग अनुरोध गरेका छन् । सेनालाई राजनीतिक हस्तक्षेप गर्न नेपाली कांग्रेसले नदिने उनले बताए ।
नेता खतिवडाले देश टुक्र्याउने नारा लगाउँदै आएका सीके राउत र प्रचण्ड यो देशको सबैभन्दा सहासी भनेर घोषणा गरेको भोलिपल्ट सीके राउतले जनकपुर आफ्नो असली रुप देखाएको भन्दै कम्युनिस्टहरूको अनुहार उदाङगो भएको बताए । कांग्रेसका नेता खतिवडाले बिखण्डनकारीलाई बैधानिकता दिएको भन्दै कम्युनिस्ट सरकारको आलोचना गरे ।
‘सीके राउतले भूमिगत समूहलाई मुखमा पट्टी बाधेर सीके राउतको स्वागतमा बसेकोलाई राष्ट्रिय गीत गाउँदैमा विश्वास गर्न सकिदैन’, उनले भने ।
युवा नेता खतिवडाले विप्लव नेतृत्वको नेकपालाई राजनीतिक प्रतिबन्द लाउन नमिल्ने बताए । ‘कुनै बेला पञ्चायतले कांग्रेसलाई प्रतिबन्ध लाउँदा पञ्चायत सिद्दियो’, उनले भने, ‘त्यसैले सरकारले विप्लवलाई वार्तामा ल्यनुनै पर्छ ।’
कांग्रेसका नेता खतिवडाले विप्लवको नेकपालाई पनि हत्य, हिंसा, चन्दा आतंक र आगजनी जस्ता कामलाई बन्द गरेर शन्ति प्रकियामा आउन अनुरोध गरे ।
उनले ओखलढुङ्गामा कांग्रेसले हार्दा जिल्लाका राष्ट्रिया योजनाहरू अलपत्र परेको बताए । उनले भने, ‘चाहे त्यो लिखु एक होस्, दुधकोशी वा मोलुङ जहाँ भएपनि योजनाहरू आएका छैनन् । एक चपरी बाटोहरू खनिएको छैन ।’
उनले नेपाली कांग्रेसले केन्द्रमा अनुशासन समिति सर्वसम्मतिमा पारित भएको जानकारी पनि दिए । ‘अब केन्द्रदेखि गाउँसम्म केही मनमा तित्तता छ भने आजैदेख सफा गरेर एउटा बाटोमा हिंड्नुपर्छ’, उनले भने ।
यसैबीच, खतिवडाले ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित ग्रामोदया सिद्दिचरण उच्च माध्यामिक विद्यालय नेबिसंघ ईकाइद्वारा आयोजित खुला फुटबल तथा बृहत सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत