पूर्वराजाकी आमाको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
काठमाडौं । पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
स्वास्थ्यमा सुधार आएपछि सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । रत्नलाई छातीमा असजिलो भएपछि फागुन २१ गते थापाथलीको एक निजी अस्पताल भर्ना गरिएको थियो ।
रत्नलाई अस्पतालबाट घर लैजान पूर्व रानी कोमल शाह तथा पूर्व युवराज पारस शाहसहितका सदस्य अस्पताल पुगेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाह जिल्ला भ्रमणमा रहेकाले आमालाई लिन अस्पताल जान पाएनन् ।
Published : Monday, 2019 March 18, 12:57 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत