लायन्स क्लव लर्डबुद्धको सामाजिक कार्यको प्रशंसा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लायन्स क्लवले भूकम्प, शिक्षा, स्वास्थ्य एवं समाज सेवाको क्षेत्रमा उदाहरणीय कार्य गरेको बताएका छन् ।

उनले लायन्स क्लव आपत विपतको साथी बनेको स्पष्ट पारे । लायन्स क्लब अफ लर्डबुद्धको चार्टरनाइट एवं दोस्रो वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै नेता नेपालले समाजसेवाका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरे मात्रै मुलुकको पनि समृद्धि हुने बताए ।

लायन्स क्लबले गत भूकम्पमा ठूलो सहयोग गरेको र सिन्धुपाल्चोक लगायतका बिभिन्न जिल्लामा आफू पनि पुगेर राहत वितरण गरेको उनले बताए ।

रक्तदान, असाहय र गरिब दिनदुखीका लागि पनि क्लबले सहयोग गर्ने तर, क्लबले कार्यक्रम गर्दा चाहिनेभन्दा बढी औपचारिकता गरेर समय खर्च गर्ने गरेको देखिएको उनले बताए ।

नेपालले औपचारिक कार्यक्रममा समय खर्च नगर्न सुझाव दिए ।

क्लबका अध्यक्ष एवं समाजसेबी विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने बिशिष्ट महानुभाबहरूलाई प्रमुख अतिथि नेपाालले सम्मान गरेका थिए ।

सम्मानित हुनेहरूमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजनका बोर्ड अफ डाइरेक्टर टंक पन्त, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, समाजसेवी यमुना भण्डारी, विष्णु कँडेल, प्रभु बैंकका कार्यकारी निर्देशक अशोक शेरचन, सेन्चुरी बैंकका प्रबन्ध निर्देशक रञ्जन खडका, समाजसेवी ध्रुब ज्ञवाली, देवी ज्ञवाली, पिताम्बर भण्डारी, धनबहादुर परियार, लक्ष्मी कट्टेल, नारायण भण्डारी, जगदीश पोख्रेल, सबिना भण्डारी, राम श्रेष्ठ, उमेश धिताल, देबरञ्जन दंगाल, हरि अधिकारी लगायत रहेका छन् ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर अशोक श्रेष्ठ एवं लायन लिडरहरूले लर्ड बुद्धले छोटो समयमा निकै प्रभावकारी रुपमा काम गरेको समाजसेवामा अग्रणी भूमिका निर्वाह गरी धेरै क्लबमध्ये अग्रस्थानमा रहेको बताए ।

क्लबका अध्यक्ष विष्णु भण्डारीले गाउँगाउँमा स्वाथ्य शिबिर संचालन गरी वरिष्ठ चिकित्सकबाट उपचार पाउन नसकेका दिन दुखी गरिबीको रेखामुनी रहेका नागरिकहरूको उपचार गर्न गंगालाल, नर्भिक, सशस्त्र प्रहरी बल, ग्रिनसिटी अस्पताल, भरोसा अस्पतालसंग समन्वय र सहकार्य गरिएको जानकारी गराए ।

उनले रगतको अभावले गर्दा बिभिन्न अस्पतालमा बिरामीरूरुले सास्ती खेप्नुपरेको भन्दै रक्तदान कार्यक्रम चाँडो–चाँडो संचालन गरिने भन्दै चार्टर नाइटकै सन्दर्भमा ६४ जनाले रक्तदान गरेको जानकारी पनि गराए ।

९२ जना रक्तदानका लागि पुगेका भएपनि कसैको ब्लड प्रेसर, कसैको अन्य समस्या देखिएको कारण सबैले रक्तदान गर्न पाएनन् ।

लयन लिडरहरू बालकृष्ण बुर्लाकोटी, राजन लम्साल, वरिष्ठ पत्रकार टंक पन्त, धु्रब थापा, भीमलाल पौडेल, मन रोका, मञ्जरी खरेल, लीला खरेल, पार्वती खरेल लगायतले लर्ड बुद्धले गरेको समाजसेवाको खुलेर प्रशंसा गरेका थिए ।

Published : Monday, 2019 March 18, 11:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया