कपिलवस्तु कांग्रेसको कार्यको देशभरि प्रशंसा, खुसी भए पीडितहरू
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका १ वनकसवासामा आगलागीबाट विच्चलीमा परेका अग्नि पीडितहरूलाई नेपाली कांग्रेस कपिलवस्तुले राहत वितरण गरेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति एवम् पूर्व सिचाइँ राज्यमन्त्री सुरेन्द्रराज आर्चायसहितको टोलीले राहत वितरण गरेको हो ।
आगलागी भएपछि बस्ने खाने ग्यारेण्टी नभएका अग्नि पीडितहरूलाई केही राहत स्वरुप ४ जनालाई १०–१० पाताका दरले ४० थान जस्तापाता वितरण गरिएको छ ।
यसअघि आगलागीबाट घर गोठ जलेको खबर संचारमाध्यममा सुने लगतै तरुण दलले पनि राहत संकलन गरेर राहत वितरण गरेको थियो ।
सभापति आर्चायले पीडितको विचल्ली देखेर दुःख लागेको बताए । उनले पीडामा थोरै भएपनि मलम लगाउन राहत लिएर आएको बताए ।
दुखी पीडितका जनता लागि नेपाली कांग्रेसले सदैव सहयोग गर्ने आचार्यले बताए ।
आगलागीबाट पीडित भएका परिवारलाई छिटो छरितो र पटक पटक राहत वितरण गरेकोमा नेपाली कांग्रेसका युवा नेता अजय थापाले धन्यावाद व्यक्त गरेका छन् ।
थापाले दुःखको समयमा साथ दिनु भनेको नै सेवा भएको बताउँदै अग्नि पीडितहरूलाई राहतको लागि अन्य निकायलाई पनि सहयोग गर्न आव्हान गरेका छन् ।
नेपाली कांग्रेसको टोलीले विगतमा पनि दुःखमा परेकाहरूलाई साथ दिँदै आएको जिल्ला सचिव प्रेमबहादर रायमाझीले बताए ।
राहत वितरण कार्यक्रममा जिल्ला सभापति आर्चाय, जिल्ला सचिव प्रेमबहादुर रायमाझी, युवा नेता अजय थापा, हरि पोख्रेल, ईश्वरी पाण्डे, गोविन्द केसी, वाइपी पौडेल, सोनु सारु कृष्ण थापा, मोहोम्मद खाँ लगायतको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत