कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै
काठमाडौं । अनुशासन र निर्वाचन समितिका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।
पार्टी कार्यालय सानेपामा सोमबार बस्ने बैठकमा दुई समितिमा रहने अध्यक्ष र सदस्यहरूका बारेमा छलफल हुनेछ । भागबण्डाका आधारमा यी दुई समिति गठनको तयारी गरेपनि सहमति हुन सकेको छैन ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र कम्युनिस्ट सरकारको कार्यशैलीको बारेमा पनि छलफल हुनेछ । कम्युनिस्ट सरकारले अधिनायकवादको सुरुवात गरेको भन्दै कांग्रेसले राज्यका हरेक अंगमा प्रहार गरेको जनाउँदै आएको छ ।
अनुशासन र निर्वाचन समितिका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टि छ ।
बैठकमा पौडेल समूह सहभागी हुन्छ वा हुँदैन केही भनिएको छैन ।
यसअघि आइतबार सभापति शेरबहादुर देउवाले सहमतिको प्रयास स्वरुप शीर्ष नेताहरूको बैठक बोलाएर छलफल गरेका थिए । तर, सहमति हुन सकेको थिएन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत