महिला संघकी अध्यक्ष रेग्मीका पिताको निधन, कांग्रेसद्वारा श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाल महिला संघको केन्द्रीय अध्यक्ष, सांसद एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्व सदस्य उमा रेग्मीका पिताको निधन भएको छ ।
९७ वर्षीय पिता षडानन्द रेग्मीको आइतबार चितवनको भरतपुर १८ चनौलीस्थित आफ्नै निवासमा निधन हो ।
स्वर्गीय रेग्मी नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेग्मीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको भन्दै देउवाले पार्टीले एक ज्येष्ठ व्यक्तित्वलाई गुमाएको बताएका छन् ।
सभापति देउवाले स्वर्गीय रेग्मीको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
रेग्मीको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । उनको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति सभापति देउवाले समवेदना प्रकट गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत