प्रचण्ड र बादललाई अन्तर्राष्ट्रिय अदालतमा घिसारेर लैजान्छौँः भुपेन्द्रजंग शाही

सन्धिखर्क । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सशस्त्र द्धन्द्धका बेला कांग्रेसका नेता तथा कार्यकर्ताहरुको हत्या गर्ने माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र गहमन्त्री रामबहादुर थापा बादललाई अन्तर्राष्ट्रिय अदालतमा घिसारेर लगेर कारबाही गर्नुपर्ने बताएका छन् ।

अर्घखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले प्रचण्ड र रामबहादुर थापासहितका माओवादी नेताहरुलाई अन्तर्राष्ट्रिय अदालतमा तानेर कारबाही गर्नुपर्ने बताए ।

उनले गृहमन्त्री थापा गृहमन्त्रालयमा बसेर आफूलाई सुरक्षित नठान्न चेतावनी दिए । ‘शान्ति सुरक्षा नदिन नसक्ने गृहमन्त्री थापालाई मन्त्रीको कुर्सीबाट हटाउन सक्छौँ’, उनले भने, ‘गृहमन्त्री र प्रचण्डलाई कारबाही गर्नुपर्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिलासी गाडी र हेलिकप्टर खरिद गरिएकोमा महासचिव शाहीले विरोध गरे । उनले भने, ‘यो केपी ओलीको सरकारले जनतालाई राहत होइन राष्ट्रपति भण्डारीलाई बिलासी सुविधा मात्रै दिएको छ । जनतालाई महँगी दिएको छ ।’

प्रधानमन्त्री ओलीप्रति कठोर देखिएका महासचिव शाहीले कम्युनिस्ट सरकारलाई युवा तरुणहरुले सुध्रिन दिएको चेतावनी नमाने सडकबाट बिरोध गर्ने बताए ।

Published : Thursday, 2019 March 14, 1:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया