‘कांग्रेसका ठूला नेताले हामीलाई आर्थिक सहयोग गर्नुभएको छ’
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पुनस्र्थापनाको आन्दोलनमा नेपाली कांग्रेसका एकजना ठूला नेताले आर्थिक सहयोग गरेको खुलासा गरेका छन् ।
सोमबार बिहान नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा थापाले कांग्रेसका धेरै नेताले हिन्दूराष्ट्र पुनस्र्थापनाका लागि नैतिक समर्थन गरेको बताए । उनले भने, ‘कांग्रेसका एकजना ठूला नेताले राप्रपालाई आर्थिक सहयोगसमेत गर्नुभएको छ ।’
‘म अहिले नाम भन्दिँन । हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि कांग्रेसका ठूलै नेताले हामीलाई आर्थिक सहयोग नै गरेका छन्’, थापाले भने, ‘राप्रपाले चैतदेखि शुरु गर्ने हिन्दूराष्ट्र पुनस्र्थापनाको संघर्ष तेस्रो जनआन्दोलनको रुपमा परिणत हुन्छ ।’
उनले राप्रपा नामका सबै पार्टी छिट्टै एक हुने बताए । उनले भने, ‘२–४ वर्षमा राष्ट्रियता पक्षधर शक्तिहरू एक भएर कम्युनिष्टको विकल्पको रुपमा खडा हुने छौँ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत