विप्लवका कार्यकर्ताद्वारा नेकपाकी सांसद अपहरण
बझाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सत्तारुढ नेकपाकी प्रदेश सांसद देवकी मल्ललाई अपहरण गरेर छाडिदिएको छ ।
सुदूरपश्चिमको प्रदेशसभाकी सांसद मल्ललाई विप्लवको नेकपाका नेता तथा कार्यकर्ताले शुक्रबार चार घण्टापछि अपहरणमुक्त गरेका हुन् ।
विप्लवका कार्यकर्ताले बुङगल नगरपालिकामा आयोजना भएको नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा शुक्रबार बिहान ११ बजेतिर ३०–३५ जनाको समूहमा आएका कार्यकर्ताले अपहरण गरेका थिए । मल्ल केदारस्युँ गाउँपालिकाको सैन्सुबाट अपहरण गरेकी हुन् ।
मल्ललाई सोही गाउँपालिका ५ मा पर्ने बगडी पाउटा भन्ने ठाउँ लगेर विप्लवका कार्यकर्ताले छोडिदिएको प्रहरीले जनाएको छ ।
प्रदेश सांसद मल्ल अपहरणको खबर पाउनेवित्तिकै प्रहरी परिचालन भएका थिए ।
केही दिनअघि केदारस्युँ गाउँपालिकाकै देउरामा हुन लागेको विप्लव निकट महिला संगठनको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको, अखिल नेपाल महिला संगठन (क्रान्तीकारी) अध्यक्ष बन्धु चन्दलाई गिरफ्तार गरेको जवाफमा मल्ललाई अपहरण गरिएको विप्लवका कार्यकर्ताहरूले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत