अदालतको फैसलाले गम्भीर ध्यानाकर्षणः संघीय फोरम

काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरम नेपालले कैलाली जिल्ला अदालतबाट सांसद रेशमलाल चौधरीसहितका नेताहरूविरुद्ध गरिएको फैसलाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

संघीय फोरमले शुक्रबार विज्ञप्ति जारी गरेर पश्चिम तराई/मधेशमा भइरहेको थरुहट आन्दोलन पनि राजनीतिक आन्दोलनकै एउटा हिस्सा भएकोले यसको समाधान पनि राजनीतिक रुपले नै हुनुपर्ने जनाएको छ ।

संघीय फोरमले हालै सांसद रेशमलाल चौधरी लगायतहरूमाथि कैलाली जिल्ला अदालतको फैसलामा उक्त आन्दोलनलाई अपराधीक कार्य भनि गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

‘यसबाट समस्याको समाधान नभई झन् जटिलता उत्पन्न हुने हुँदा नेपाल सरकारले उक्त राजनीतिक समस्याको समाधान कानूनी हैन राजनीतिक तवरबाट नै हल गरी समस्याको दीर्घकालिन समाधान गरिनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘यसको समाधान कानूनी रुपले नहुने भएको हुँदा राजनीतिक रुपले नै गरिनु पर्दछ’, संघीय फोरमको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2019 March 8, 6:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया