देउवाले दिए महिला दिदीबहिनीहरूलाई शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

अन्तराष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार विज्ञप्ति जारी गरेर देउवाले मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गरेका छन् ।

‘हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो’, उनले भनेका छन्, ‘कांग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ ।’

‘महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु’, विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै सभापति देउवाले महिलाप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

उनले आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदीबहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास व्यक्त गर्दै दिवसको शुभकामना व्यक्त गरेका छन् ।

Published : Friday, 2019 March 8, 10:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया