शुक्रबार देशभरि सार्वजनिक विदा, गृहले दियो सूचना

काठमाडौं । संघीय सरकारले फागुन २४ गते शुक्रबार सार्वजनिक विवाद दिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संघीय सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । मार्च ८ अर्थात् फागुन २४ गते शुक्रबार दिवस परेको छ ।

गृह मन्त्रालयले आफ्नो फेसबुक पेजमा शुक्रबार सार्वजनिक विदा दिइएको जनाएको छ ।

सरकारले प्रत्येक वर्ष मार्च ८ गतेका दिन सार्वजनिक विदा दिँदै आएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका दिन महिला सम्बन्धी संघ संस्थाले विभिन्न कार्यक्रमहरू गरेर मनाउने गर्छन् ।

Published : Thursday, 2019 March 7, 6:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया