शिक्षकसामु झुक्यो कम्युनिस्ट सरकार, आन्दोलन फिर्ता
काठमाडौं । विभिनन पेशागत सुरक्षाको माग राखेर आन्दोलन गर्दै आएका शिक्षकहरूको माग पूरा गर्न कम्युनिस्ट सरकार बाध्य भएको छ ।
सरकार र सामूदायिक विद्यालयका राहत कोटाका शिक्षक, बाल विकास सहयोगी कार्यकर्ताबीच माग पूरा गर्ने सहमति भएपछि शिक्षकहरूले बिहीबारदेखि आन्दोलन फिर्ता लिएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको वार्तामा सहमति जुटेपछि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेका शिक्षकहरू पढाउन फर्किन सहमत भएका हुन् ।
राहत कोटामा नियुक्त भएका शिक्षक र बाल विकास केन्द्रमा सहयोगी कार्यकर्ताका रुपमा कार्यरत शिक्षकलाई निश्चित मापदण्डको आधारमा दरबन्दीमा परिणत गर्ने सहमति भएको छ ।
तोकिए बमोजिम आन्तरिक तथा खुल्ला प्रतिस्पर्धामा सहभागी गराउने पनि सहमति भएको छ ।
मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् ।
सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो ।
अहिले तीनै शिक्षकले आफूहरूलाई स्वत दरबन्दीमा रुपान्तरण गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् ।
आन्दोलनका क्रममा भएको प्रदर्शनमा प्रहरीले दमन पनि गरेको थियो । नेपाली कांग्रेसले शिक्षकका माग पूरा गर्नुको साटो दमनमा उत्रिएको भन्दै सरकारको विरोध गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत