शिक्षकहरूद्वारा काठमाडौंमा प्रदर्शन, कांग्रेसका नेता तिमिल्सिनाले दिए साथ
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व महामन्त्री जन्मजय तिमिल्सिनाले ‘छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपाल’को आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
राहत र बालविकास शिक्षकहरूको संघर्ष समितिले काठमाडौंमा बुधबार आयोजना गरेको विरोध र्याली तथा रिले अनसन कार्यक्रममा तिमिल्सिना सहभागी भएर ऐक्यवद्धता जनाएका हुन् । उनले राहत र बालविकास शिक्षकहरूका माग पूरा गर्न कम्युनिस्ट सरकारसँग आग्रह गरेका छन् ।
तिमिल्सिनाले शिक्षकहरूमाथि कम्युनिस्ट सरकारले दमन गरेको भन्दै अपात्ति पनि जनाएका छन् । उनले भनेका छन्, ‘आन्दोलनरत शिक्षकहरूका जायज मागलाई पूरा गरिनुपर्छ । दमन गर्नु हुँदैन ।’
शिक्षकहरूले दुई दिनदेखि लगातार काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरूको आन्दोलनमा नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।
सत्तारुढ नेकपाले शिक्षकहरूको आन्दोलनलाई रुचाएको छैन । शिक्षकहरूका मागलाई पूरा गर्ने पक्षमा नेकपाको कम्युनिस्ट सरकार नरहेको शिक्षकहरूको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत