बिराटनगरमा भारतका विभिन्न राज्यका सांसदसँग गोप्य भेट

काठमाडौं । डेढ महिनादेखि पूर्वी तराईमा रहेका पूर्वराजा ज्ञानेन्द्र अर्को महिना मात्र काठमाडौं फर्किने तयारीमा छन् । अनौपचारिक रूपमा मोरङ, सुनसरी र झापालगायतका ठाउँमा भ्रमण र विभिन्न गोप्य भेटमा रहेका उनको तराई भ्रमणको औपचारिक मिति तय भयो ।

खासगरी भित्री मधेस र हिन्दु धार्मिक संगठन सक्रिय रहेका ठाउँमा उनको भ्रमणको मिति तय भएको छ ।

१३ माघमा पत्नी कोमलसहित बाराको सिमरा उत्रिएका उनी करिव दुई हप्ता त्यहाँ बिताएर २४ माघमा पूर्वी नेपालको झापा पुगेका थिए । जस अनुसार, उनी २२ फागुनमा वीरगञ्ज पुग्नेछन् र भोलिपल्टैदेखि तराईका विभिन्न जिल्लाहरुमा पुग्नेछन् ।

वीरगञ्ज हिन्दु धर्म बाहुल्य रहेको जिल्ला हो । २३ फागुनमा सप्तरी, २४ फागुनमा जनकपुरधाम पुगेर राम जानकी मन्दिरमा पुजा अर्चना गर्ने उनको कार्यक्रम तय भएको छ ।

२५ फागुनमा उदयपुर जाने र २६ फागुनमा सप्तरी हुँदै फेरि झापा नै फर्कने कार्यक्रम छ । झण्डै दुई महिना लामो काठमाडौँ बाहिरको बसाईंपछि पूर्व राजा २६ चैत्रमा मात्र काठमाडौँ आइपुग्ने निर्मल निवास स्रोतले बतायो ।

केही दिनअघि मात्र उनले मोरङको बिराटनगरमा भारतका विभिन्न राज्यका सांसदसँग गोप्य भेट गरेको स्रोतको दाबी छ । आफैं सवारी चलाएर विराटनगर पुगेका उनले उत्तर प्रदेश, बिहार, पश्चिम बंगालका अधिकारीसँग भेट गरेका थिए ।

‘हिन्दुत्वका लागि जागरण अभियान चलाइरहेका कतिपय धार्मिक गुरुहरूसँग पनि उहाँको भेट भएको छ । त्यसबाहेक नेपालका स्थानीय नेता, विभिन्न दलका कार्यकर्ता र हिन्दुत्वका लागि खटेका दल र संगठनका पदाधिकारीसँग पनि उहाँ व्यस्त हुनुहुन्छ ।’

उता, यहि समयमा हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाका लागि भनेर राप्रंपाले जागरण अभियान पनि थालेको थियो । यो अभियानमा देशका तराई र पहाडका हिन्दु धार्मिक पक्षमा रहेका जनतालाई आफूतिर आकर्षित गर्ने रणनीतिमा कमल थापाले चलाएका हुन् ।

उनले पृथकतावादी भनिएका सीके राउतको जिल्लामा पुगेरै भनिदिए,‘सडकबाटै हिन्दु राष्ट्र र राजसंस्था ल्याउँछौं ।’ जनप्रहार साप्ताहिकबाट साभार

Published : Tuesday, 2019 March 5, 10:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया