धुन्धुकारी विप्लवको पार्टीलाई सरकारले छुट नदिने
विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिमा राज्य गम्भीर हुनुपर्ने बताएका छन् ।
विराटनगरमा सोमबार आयोजिट पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपाबाट उब्जिएको समस्या समाधानका लागि सरकारले छलफल थालिसकेको बताए ।
उनले अतिवाद नियन्त्रण गर्न सरकारले गम्भीर रूपले सोच्ने बताए । प्रचण्डले भने, ‘विप्लवबाट उत्पन्न समस्या राजनीतिक र प्रशासनिक दुवै विधिबाट समाधान खोजिन्छ ।’
प्रचण्डले विप्लवसँग सरकारले राजनीतिक सहमतिको प्रयास गरिरहेको बताए । ‘सरकारले राजनीतिक रुपमा सहमतिको प्रयास गर्छ’, उनले भने, ‘त्यसलाई कसैले मान्दैन भनेमा त्यो अतिवाद हो । सरकारले त्यसपछि प्रशासनिक ढंगले हल खोज्छ ।’
अध्यक्ष दाहालले तत्कालीन नेकपा माओवादीले सबै हतियार क्यान्टोन्मेन्टमा राखिसकेकाले त्यहाँभन्दा बाहिरका हतियारको जिम्मा आफूले नलिने पनि प्रष्ट पारेका छन् ।
एक साताअघि मात्रै नेपाली सेनाले मात्रै प्रयोग गर्ने एम – १६ र एलएमजी राइफल प्रहरीले धरानको पानमाराबाट बरामद गरेको थियो । त्यही सन्दर्भमा प्रचण्डले यस्तो भनेका हुन् ।
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको साथबाट सशस्त्र संघर्षका समयमा नेपाली सेनाको ब्यारेकबाट लुटेका हतियार प्रहरीले बरामद गरेपछि प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत