कांग्रेसको ‘कान्छो’ समूहले समानान्तर नेविसंघ बनाउने

काठमाडौं । नेपाली कांग्रेसभित्र अलग पहिचान बनाइसकेको कृष्णप्रसाद सिटौला नेतृत्वको कान्छो समूहले नेपाल विद्यार्थी संघ (नेविसंघ)मा कार्यसमिति बनाउने संकेत गरेको छ ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले नेविसंघमा अलग कार्यसमिति बनाउने गृहकार्य थालेको हो । सिटौलाले आफू निकटा विद्यार्थी नेताहरूलाई आफ्नै निवासमा बोलाएर नेविसंघ कब्जाको रणनीति सुनाएको स्रोतले जनाएको छ ।

नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरेपछि रिसाएको सिटौला समूहले नेविसंघ र कांग्रेसभित्र बखेडा गर्दै आएको आरोप छ ।

नैनसिंह महरको असक्षमताका कारण नेविसंघको महाविधेशन अनिश्चित भएपछि कांग्रेसले हस्तक्षेप गरेको थियो ।

नेविसंघको नेतृत्व र नयाँ कार्यसमिति गठन गर्नका लागि कांग्रेसको कार्यसमितिले सभापति शेरबहादुर देउवालाई अधिकार दिएको छ । देउवाले अझैसम्म कार्यसमिति बनाएका छैनन् ।

सिटौला समूहले नेविसंघमा आफ्नो बर्चश्व देखाउन भित्रभित्रै तयारी गरेको हो । ३२ वर्षे उमेर हद लागू गरेपछि कुन्दनराज काफ्लेलाई नेविसंघको अध्यक्ष बन्ने बाटो बन्द भएको छ । अध्यक्ष बन्ने बाटो बन्द भएपछि काफ्लेले नेविसंघभित्र उत्पात मच्चाउँदै आएका छन् ।

यति मात्रै होइन काफ्ले समूहले केही विद्यार्थीलाई पार्टी कार्यालय सानेपामा पठाएर शीर्ष नेताहरूमाथि अभद्र व्यवहार गर्न लगाएको आरोप छ । काफ्ले समूहका कारण सानेपामा झडपको अवस्था समेत आएको थियो ।

Published : Monday, 2019 March 4, 12:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया