रविन्द्रको नाममा पूर्वएमालेको राजनीति, नेविसंघका नेताले खोलिदिए आँखा

काठमाडौं । पूर्वएमाले निकटका व्यापारी र नेताहरूले पोखरा विमानस्थलको नाम परिवर्तन गरेर रविन्द्र अधिकारीको नाममा राख्न माग गरेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूले विरोध गरेका छन् ।

नेविसंघका नेताहरूले रविन्द्र अधिकारीको निधनलाई पूर्वएमालेका नेताहरूले राजनीतिक रंग दिन खोजेको आरोप लगाएका हुन् ।

रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर कसरी भयो भन्ने कुराको छानविन गर्नुको साटो विमानस्थलको नामाकरणमा ध्यान दिनु अन्याय हुने नेविसंघ कास्कीका पूर्वअध्यक्ष एवम् कांग्रेसका युवा नेता मदनराज पौडेलले उल्लेख गरेका छन् । उनले रविन्द्र अधिकारीको नाममा राजनीति नगर्न पूर्वएमालेहरूलाई सल्लाह दिएका छन् ।

नेविसंघ कास्कीका पूर्वअध्यक्ष पौडेलले रविन्द्र अधिकारीको अस्तु सेलाउन नपाउँदै पूर्वएमालेहरूद्वारा राजनीति गर्न खोजेको आरोप लगाए ।

फेसबुकमा स्टाटस लेखेर पौडेलले भनेका छन्, ‘अस्तु नसेलाउदै रबिन्द्र दाईको नाममा विमानस्थल हुनुपर्छ भन्ने पूर्वएमालेहरू हो घटनाको उचित छानविनको माग गर, कम्तिमा उनको आत्माले त शान्ति पाउला ।’

पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल लामो समय हुँदा पनि काम पूरा हुन सकेको छैन । कम्युनिस्टहरूको दुई तिहाइको सरकार छ । यो सरकारले कामलाई तिब्रता दिएर समयमा सम्पन्न गर्न नसकेको भनेर आलोचना बढ्दै आएको छ ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएका अधिकारीको नाममा राजनीति गर्न खोजेपछि नेविसंघका नेताहरूले विरोध गरेका हुन् ।

Published : Monday, 2019 March 4, 8:32 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया