आइजीपीद्वारा डिएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी निरीक्षकबाट नायव उपरीक्षकमा पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रहरी मुख्यालय नक्सालमा आइतबार आयोजित विशेष समारोहमा आइजीपी खनालले ६४ जना नायव उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा चार जना नायव उपरीक्षक अनुपस्थित रहेका थिए ।
नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को फागुन १९ गतेको निर्णयले ६४ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति गरेको थियो ।
पदोन्नति भएका ३ जना प्रहरी नायव उपरीक्षकहरू हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् । बढुवा भएका १ जना नायव उपरीक्षक व्यक्तिगत विदामा नेपाल बाहिर रहेको विज्ञप्तिमा उल्लेख छ ।
अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति हुने अधिकृतहरूलाई बधाई तथा शुमकामना व्यक्त गर्दै अब खटिने ठाउँमा दिइएको जिम्मेवारी अझै बढी उर्जा थपेर निर्भिकताकासाथ काम गर्न निर्देशन दिए ।
विगतका अनुभव र आफ्नो ज्ञान, सीप एवं दक्षता प्रयोग गरी संगठन निर्माणमा सक्रिय हुनुपर्ने उनले उल्लेख गरे ।
‘उत्कृष्ट काम गर्ने, सक्षम, सवल, इमान्दार, कर्तव्यनिष्ठ कर्मचारीको छिट्टै वृत्तिविकास गरौं भन्ने संगठनको सदैव चाहना रहेको छ’, प्रहरी महानिरीक्षक खनालले भने, ‘संगठनको यस्तो चाहना पूरा गर्न प्रहरी कर्मचारीहरूले आफ्नो कामले नै आफूलाई अब्बल सावित गर्नुस् ।’
कामप्रतिको निष्ठा, लगाव र मूल्याङकन नै वृत्तिविकासको आधार हुने र यसले आत्मसम्मान, सामाजिक प्रतिष्ठा र अपनत्व बढ्नेतर्फ सबैले सोच्नुपर्ने उनले बताए ।
समाजमा अपराध नियन्त्रणपछि मात्र सामाजिक रुपमा कार्यक्रम लग्नु राम्रो हुने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले जुनसुकै स्थानमा काम गर्दा पनि आफ्नो सीप र दक्षताको प्रयोग गरी पूर्ण महत्वका साथ काम गर्नुपर्ने उल्लेख गरे ।
प्रहरी कर्मचारीहरूले आर्थिक वा अन्य कुनै पनि रुपमा गलत काम गरेमा क्षम्य नहुने भएकोले सकारात्मक सोचले अत्यन्त सचेत र सजग भई काम गर्नुपर्नेमा उनले जोड दिए ।
व्यक्तित्व विकास, असल सोंच, शालीनता, असल व्यवहारका साथ काम गरी संगठनलाई विश्वास दिलाउन आइजीपी खनालले बताएका छन् ।
कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक हरि खतिवडाले सांगठनिक अपेक्षा र उद्देश्यलाई पूरा गर्न अझै निर्भिक, निष्पक्ष र नागरिकमैत्री भई पूर्ण निष्ठा र इमान्दारिताका साथ आफूहरूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत