कहिले बन्छ कम्युनिस्ट सरकारलाई निगरानी गर्ने कांग्रेसको विज्ञ समूह ?

काठमाडौं । कम्युनिस्ट सरकारले दुई तिहाइको दुम्भ निरंकुशता शुरु गरेको जनाएको नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले ‘विज्ञ समूह’ अर्थात ‘छाया सरकार’ बनाउन सकेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले छाया सरकारमा पनि भाग बण्डा खोजेपछि विवाद भएको सभापति शेरबहादुर देउवा पक्षको भनाइ छ ।

आ–आफ्नो रुचिको मन्त्रालय तोकेर संसदीय दलमा बुझाउन सर्कुलर गरेको महिना दिन बित्दा पनि कांग्रेसले सूची पाएन ।

सरकार पाइलैपिच्छे स्वेच्छाचारी काम गर्न थालेको आरोप लगाउँदै कांग्रेस संसदीय दलको पुस २७ को बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो ।

सरकारका सबै मन्त्रीमाथि निगरानी गर्ने गरी प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना सांसदलाई खटाउने गरी छाया सरकार बनाउने निर्णय गरेको थियो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले छाया सरकार छिटै गठन हुने बताएका छन् । उनले केही विषयमा छलफल आवश्यक रहेकाले ढिलाइ भएको बताए ।

नेता खाँणले हरेक मन्त्रालय हेर्नेगरी सम्बन्धित मन्त्रालयगत विषयको जानकार सांसदको विज्ञ समूह बनाउने र त्यसले सरकारको काम कारबाहीको निगरानी गर्ने योजना रहेको बताए ।

Published : Sunday, 2019 March 3, 11:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया