कांग्रेस निकटको जनसम्पर्क समितिका शाखाहरूको सम्मेलन बेंलुरुमा (तस्वीर)
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति भारतअन्तर्गत बेंलुरुरुमा शाखाहरूको सम्मेलन सम्पन्न भएको छ ।
दीपककुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि प्रमुख अतिथि रहेका थिए । उनले नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको आधिकारिक युनिट भएको बताए ।
जनसम्पर्क समितिले नेपालमा स्थायित्व र विकासका लागि सहयोग गरेको भन्दै निधिले प्रशंसा गरे ।
कार्यक्रममा निधिले नेपाल–भारत सम्बन्धको लागि विगतमा बिपी कोइरालाले खोलेको भूमिकाको पनि स्मरण गरेका थिए ।
नेपाली जनसम्पर्क समितिका नवनियुक्त पदाधिकारीहरूलाई सफलताको कामनासाहित उपसभापति निधिले शुभकामना दिएका थिए ।
नेपाली कांग्रेसक आमन्त्रित केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जनसम्पर्क समितिको भूमिकाको बारेमा चर्चा गरेका थिए ।
१३ जुन १९७६ मा मेलमिलापको नीति लिएर नेपाल फर्कने क्रममा ७ जनाबाट स्थापना भएको नेपाली जनसम्पर्क समिति भारतका २३८ शाखा रहेको पाण्डेले जानकारी दिए ।
समितिका शाखाहरूमा समेत गरेर ८० हजार सदस्य भारतमा मात्रै रहेको बताए ।
नेपाली कांग्रेसको जनसम्पर्क समितिहरू ३२ देशमा फेलिएको भन्दै अध्यक्ष पाण्डेले प्रबासमा नेपालीहरूको सबै खाले समस्यामा सहयात्री बन्दै आएको बताए ।
यसैबीच, नेपाली कांग्रेसका उपसभापति निधिको प्रमुख अथितिमा नेबिसंघ भारत, बंगलोर शाखाको अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनमा बालकृष्ण पाण्डे, धनबहादुर गुर्धामी विशेष अतिथि रहेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत