ऋण तिर्न नसकेका यी कम्युनिस्ट पार्टीका सांसदले कसरी किने ५० लाखको गाडी ?

काठमाडौं । तत्कालीन नेकपा (एमाले)को तर्फबाट काठमाडौं क्षेत्र नम्बर–३ मा विजयी भएका सांसद कृष्ण राईमाथि ड्रिम हाउस इन्टरनेशनल लिमिटेडको नाममा सेयरधनीहरुबाट उठेको रकम दुरुपयोग गरेको आरोप लागेको छ ।

सांसद राईले सेयरधनीहरुबाट उठेको रकम ब्यक्तिगत ब्यापार–ब्यवसाय र आफ्ना सुविधाका लागि खर्च गरेको भन्दै बोर्डका सदस्यहरुले आरोप लगाएका हुन् ।

उनले कम्पनीका बोर्ड सदस्यद्धय तुलसी पौडेल र रोहिणी चौलागाईसँग मिलेर गोकर्णेश्वर वडा नम्बर–८ स्थित ३ रोपनी बढि जग्गामा प्लटिङ गरेको सेयरधनीहरुको आरोप छ । राईले आरोपमा कुनै सत्यता नभएको र प्रमाणित भए जे सजाय भोग्न पनि तयार भएको बताउने गरेका छन् ।

सांसद राईले रातारात ५० लाख रुपैयाँ पर्ने गाडी चढ्न थालेका छन् । राई निकट स्रोतका अनुसार उनले चढ्ने बा१९च ४५०८ नम्बरको डस्टर गाडी नगदमा खरिद गरिएको हो ।

जबकि गत निर्वाचनमा लागेको २५ लाख रुपैयाँ ऋण तिर्न नसकेपछि राई र तत्कालीन प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आलोचना भइरहेको छ ।

निर्वाचनताका उनीहरुले विभिन्न होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसमा कार्यकर्तालाई खुवाएको लाखौं रकम नतिरेको स्रोत बताउँछ । आर्थिक पारदर्शीताको विषयमा प्रश्न उठिरहेका बेला आन्तरिक प्रतिस्पर्धा भन्दै दुई करोड ६० लाखको भवन निर्माणको ठेक्का समेत राईले आफ्ना मान्छेलाई दिएको बुझिएको छ ।

त्यसो त सम्पूर्ण कागजात मिलाएर आफुलाई सेयरधनी बनाएता पनि ब्यवहारिक रुपमा एक रुपैयाँ पनि नहाल्ने बोर्ड सदस्यहरु पनि रहेका छन् ।

एउटा पब्लिक लिमिटेड कम्पनीले अपारदर्शी रुपमा काम गर्न थालेपछि विभिन्न आशंका उब्जिएको छ । सांसद राई ड्रिम हाउसका अध्यक्ष हुन् ।

Published : Thursday, 2019 February 28, 10:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया