कांग्रेस नेता खतिवडाले भने, ‘रविन्द्रजी विश्वास गर्न कठिन भयो’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

युवा नेता खतिवडाले दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तहरूमा समवेदना प्रकट गरेका छन् । बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

‘ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको समाचार विश्वास गर्न कठिन भयो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रविन्द्र अधिकारीजी र मसँगै एउटै संसदीय समितिमा रहेर धेरै लामो समय काम गर्‍यो । धेरै कामहरू गरेका छौँ ।’

संविधानसभाका बेला संविधान बनाउने काममा पनि अधिकारीसँग धेरै कामहरू गरिएको खतिवडाले स्मरण गरेका छन् ।

युवा नेता खतिवडाले हेलिकप्टर दुर्घटनामा परेका सबै सातै जनालाई श्रद्धाञ्जलि दिनुका साथै शोकमा डुबेको परिवारलाई सम्हालिन आग्रह पनि गरेका छन् ।

Published : Wednesday, 2019 February 27, 11:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया