मन्त्री अधिकारीसहित सातजनाको मृत्यु भएकोमा कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार शोक विज्ञप्ति जारी गरेर हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित सबै मृत्तकप्रति दुःख व्यक्त गरेको हो ।
‘विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो’, कांग्रेसले भनेको छ ।
‘उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।
‘यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको छ’, कांग्रेसले भनेको छ ।
‘दुर्घटनामा निधन भएका सबैको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै शोक सन्तप्त समस्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवानसँग प्राथना गर्दछु’, शोक विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास लिएको छु ।’
1 प्रतिकृया प्राप्त “मन्त्री अधिकारीसहित सातजनाको मृत्यु भएकोमा कांग्रेसद्वारा दुःख व्यक्त”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

Hardik sradhanjali