यस कारण भएको थियो हेलिकप्टर दुर्घटना (गृहका प्रवक्ता भिडियो)

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुघर्टना भएको छ ।

बाक्लो हिमपातका कारण हेलिकप्टर दुघर्टना भएको हुन सक्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रतापबाबु तिवारीले भने, ‘पाइलटले टावरलाई अन्तिम पटक भारी हिमपात भएको जानकारी दिएका थिए, अहिलेलाई हामीले पाएको जानकारी त्यही हो ।’

सातवटा शव ल्याउनको लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको पनि उनले जानकारी दिए । हेलिकप्टर दुर्घटना खराब मौसमका कारण भएको जनाइएको छ ।

 

https://www.facebook.com/republicadainik2/videos/1992378044150569/

Published : Wednesday, 2019 February 27, 4:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया