म्याग्दीको उच्च क्षेत्रमा हिमपात
म्याग्दी । म्याग्दी जिल्लामा हिमपात भएको छ । उच्च क्षेत्रमा हिमपात भएको छ ।
बेनीदेखि २६ कोष टाढा रहेको दूर्गम तथा विकट धौलागिरी गाउँपालिका–१, गूर्जामा हिमपात भएको हो ।
यो स्थानमा छैटौं पटक हिमपात भएको छ । मध्य फागुनमा भएको वर्षा र हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
मंगलबार रातिदेखि भैरहेको वर्षा र हिमपातका कारण घर बाहिर निस्कन सक्ने अवस्था छैन ।
पटक–पटक परेको हिमपातका कारण स्थानीयबासीन्दालाई सास्ती भएको छ । हिउँ आधा फिटसम्म जमेको छ ।
जिल्लाको तल्लो क्षेत्रहरूमा हिमपात भएपछि खेतीपातीमा समेत असर परेको स्थानीयले बताएका छन् ।
०६३ साल फागुन २ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हिमपात भएको थियो । त्यसपछि अहिले १२ वर्षपछि जिल्लाको तल्लो क्षेत्रमा तेस्रो पटकसम्म बाक्लो हिउँ परेको छ ।
माघ महिनाको दोस्रो र तेस्रो साता परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएको हो ।
जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गूर्जा, लुलाङ, मुदी, मल्कबाङ, कुइनेमङ्गले, टोड्के, खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा, नागी लगायतका क्षेत्रमा भारी हिमपात भएको छ ।
बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, पुलाचौर, डडुवा, गाजने, पात्लेखेतसहितका माथिल्लो क्षेत्रमा हिमपात भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत