भारतीय एयरफोर्सको लडाकु विमान जम्मू–कश्मीर दुर्घटना

नयाँदिल्ली । भारतको जम्मू–कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटनामा परेको छ ।

एयरफोर्सको मिग–२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको बडगामदेखि सात किलोमिटर टाढा गारेंद गाउँमा दुर्घटना भएको छ ।

विमान खाली खेतमा गएर खस्दा आगलागी हुन पुगेको बताइएको छ । जम्मू कश्मीरमा गस्तीमा रहेको सेनाको विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाको कारण खुल्न नसकेको र छानविन भइरहेको जनाइएको छ ।

Published : Wednesday, 2019 February 27, 12:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया