वडाध्यक्षद्वारा पत्नी र छोरा मान्न अस्वीकार
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–९ का वडाध्यक्षले श्रीमती र छोरा स्वीकार नगरेको भन्दै कैलाली अदालतमा मुद्दा दायर भएको छ ।
वडाअध्यक्ष कृष्ण शाहले ११ वर्षपहिले आफूलाई विवाह गरेको तर अहिलेसम्म पनि श्रीमती स्वीकार नगरेको भन्दै घोडाघोडी नगरपालिका–८ की कल्पनाकुमारी शाहीले मुद्दा दायर गरेकी हुन् ।
वडाध्यक्ष शाहले छोरालाई नस्विकारेपछि नाता प्रमाणित गरिपाऊँ भनेर मंगलबार मुद्दा परेको कैलाली अदालतका प्रवक्ता नरबहादुर नेगीले बताए ।
११ वर्षपहिले आफूलाई विवाह गरेको र अहिले १० वर्षको सन्तान भइसक्दासमेत दुवैलाई स्वीकार नगरेको कल्पनाले आरोप लगाएकी छन् ।
घरमा अर्की श्रीमती भएको थाहा पाएपछि आफूलाई घरमा समेत जान बन्देज गरिएको कल्पनाको भनाइ छ ।
वडाध्यक्ष कृष्णले भने आफू र कल्पनाबीच केही कुरामा असमझदारी हुँदा कल्पनाले मुद्दा हालेको र त्यसको समाधान चाँडै हुने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत