स्वरोजगारमूलक मिडिया मर्का परे सरकारः पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले सूचना तथा प्रसारण विभागले सबै सञ्चारमाध्यमहरूका नाममा ‘न्यूनतम पारिश्रमिक कार्यान्वयनका सम्बन्धमा’ जारी गरिएको परिपत्रले साना लगानी र स्वरोजगारमूलक मिडियामा मर्का परेको जनाएको छ ।

पोखरामा फागुन ९ र १० गतेको महासंघको केन्द्रीय साधारण सभाले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा साना लगानी र स्वरोजगारमूलक मिडियालाई मर्का पार्न नहुने जनाएको हो ।

‘०७५ माघ १८ गते सूचना तथा प्रसारण विभागले सबै संचारमाध्यमहरुका नाममा ‘न्यूनतम पारिश्रमिक कार्यान्वयनका सम्बन्धमा’ जारी गरिएको परिपत्रले साना लगानी र स्वरोजगारमूलक मिडियालाई मर्का परेकाले यसलाई पुनःपरिभाषित गर्दै श्रमजीवी पत्रकार ऐन २०५१ को दफा ११ बमोजिम गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस समेतको आधारमा सबै ‘संचार प्रतिष्ठानहरूमा’ भन्ने शब्दको सट्टा स्वरोजगारमूलक तथा साना लगानीका सामुदायिक सञ्चारमाध्यमहरूमा यो परिपत्रका प्रावधान लागू नहुने व्यवस्था गर्न माग गर्दछ’, महासंघको विज्ञप्तिमा भनिएको छ ।

उक्त विषय सम्बोधनका लागि दबावमूलक कार्यक्रमहरू अघि सार्न महासंघको साधारणसभा केन्द्रीय समितिलाई निर्देश दिएको छ ।

Published : Tuesday, 2019 February 26, 11:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया