गृहमन्त्री थापाद्वारा सिडिओहरूको सरुवा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विभिन्न ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेका छन् ।

इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेका सुशील वैद्यलाई कञ्चनपुरको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

रौतहटको कामु सिडिओमा किरण थापा, पाँचथरको सिडिओमा गृह मन्त्रालयमा कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु सिडिओ शंकरबहादुर विष्टलाई गृह मन्त्रालयले दार्चुलाको सिडिओ बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक सिडिओका रूपमा कार्यरत सुरेश सुनारलाई बझाङको जिम्मेवारी दिइएको छ ।

भक्तपुरका सहायक सिडिओ जयकुमार घिमिरे मुगुका सिडिओ, सिन्धुपाल्चोकका सहायक सिडिओ दुर्गा बन्जाडे जुम्लाका सिडिओ तथा इलाका प्रहरी कार्यालय साँखुमा कार्यरत मुकेश केसरीलाई डोल्पाको सिडिओ बनाइएको छ ।

१५ भन्दा धेरै जिल्ला कामु सिडिओका भरमा चलेका छन् । ६ महिनाभन्दा लामो समय कामु सिडिओ राख्न नपाइने कानूनी प्रावधान विपरीत नौ महिनादेखि जिल्ला प्रशासन कार्यालयहरू कामु सिडिओका भरमा चलेको स्रोतले जनाएको छ ।

सहसचिव सिडिओ हुने धेरै जिल्लामा उपसचिवलाई सिडिओ बनाइएको छ ।

Published : Monday, 2019 February 25, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया