प्रहरीका २३ जना एसएसपीहरूको सरुवा र पदस्थापना (नामसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको पदस्थापना र सरुवा गरेको छ ।

एसपीबाट बढुवा भएका एसएसपीहरूलाई गृह–मन्त्रालयले आइतबार पदस्थापन र सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले एसएसपी सन्दीप भण्डारीलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा पदस्थापना गरेको छ ।

उमेशराज जोशीलाई प्रहरी महानिरीक्षकको सचिवालय, श्यामलाल ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरी, रामदत्त जोशीलाई केन्द्रीय अनुसन्धान ब्युरो, दीपक थापालाई प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको छ ।

गृह मन्त्रालयले ९ जना एसएसपीहरूको सरुवा गरेको छ । नेपाल राजदूतावास (कन्सुलर) नयाँ दिल्लीमा प्रकाश अधिकारीको सरुवा भएको छ ।

महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत देव बहादुर बोगटीलाई संघीय प्रहरी ईकाई कार्यालय सेतीमा पठाइएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा विश्वराज पोखरेल, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दिवेश लोहनी र संघीय प्रहरी इकाई कार्यालय गण्डकीमा पूजा सिंहलाई पठाइएको छ ।

Published : Sunday, 2019 February 24, 10:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया