सानेपामा कांग्रेसको बैठक बस्दै, नेविसंघले प्रदर्शन गर्ने
काठमाडौं । विधान मस्यौदा र नेविसंघका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः बस्दैछ ।
नेपाली कांग्रेसको ललितपुरस्थिट पार्टी मुख्यालयमा आज बस्ने बैठकमा महासमितिको सुझावअनुसार विधानलाई अन्तिम रुप दिने विषयमा छलफल हुनेछ । बैठकमा नेविसंघभित्रको विवादका विषयमा पनि छलफल हुनेछ ।
यसैबीच, नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गर्ने भएको छ ।
कांग्रेसका नेताहरूमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै नेविसंघले आज प्रदर्शन गर्न लागेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा निकटका विद्यार्थी नेता ऋषिकेशजंग शाहको समूहले सानेपामा प्रदर्शनको तयारी गरेको छ ।
११ औं महाधिवेशनबाट चुनिएको नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति भने भंग भइसकेको छ ।
नयाँ अध्यक्ष बन्न विद्यार्थी नेताहरूले विभिन्न खालका दवाव र प्रदर्शन गर्दै आएका छन् । केही दिन अगाडि कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीले कांग्रेसका नेताहरूलाई हातपातको प्रयास गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत