फागुन ७ को अबसरमा देउवाले सम्झिए देशभरिका जनता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहदाुर देउवाले फागुन ७ गते, एक युगमा आएको इतिहासको एक गौरवमय दिन, जसले राणा शासनको अन्त्य गरेर रैतिबाट नेपाली नागरिकमा परिणत त गरेर आधुनिक नेपालको नवीन यात्रा प्रारम्भ गरेको दिनका रुपमा स्मरण गरेका छन् ।
देउवाले मंगलबार शुभकामना सन्देश जारी गरेर भनेका छन्, ‘आजको मितिमा आइपुगेर हामीले स्थापित गरेको लोकतन्त्र, समावेशीता र संघीयताको प्रारम्भीक जग थियो त्यो दिन । फागुन ७, हाम्रा पछिल्ला सवै संघर्ष र क्रान्तिहरूको जननि थियो ।’
‘यो घडीमा म त्यो दिन सम्भव तुल्याउन बलिदान दिएका प्रथम शहीद लखन थापा मगरदेखि अमर शहिदहरु शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ लगायतमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु’, देउवाले भनेका छन् ।
‘नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएको त्यो क्रान्तिका महानायक वीपी कोइराला, मुक्ति सेनाका लडाकुहरू एवं त्यो क्रान्तिमा सहभागिता जनाउने समस्त नेपालीलाई यो घडी असिम श्रद्धाका साथ स्मरण गर्दछु’, देउवले भनेका छन् ।
‘राणा शासनबाट देशलाई मुक्ति दिलाएर स्थापित गरिएको स्वाधिनता पछि आजको मितिसम्मका हरेक राजनैतिक परिवर्तन एवं आर्थिक समृद्धिको दिशामा हिंसा र अस्थिरताका बावजुद नेपाली कांग्रेसले निर्वाह गरेको ऐतिहासिक भूमिकालाई नवीन सन्दर्भमा नविन ढंगले अघि बढाउन फागुन ७ को पुरानो मितिले नविन प्रेरणा निरन्तर हामीलाई दिइरहेको छ’, कांग्रेसका सभापति देउवाले भनेका छन्, ‘यो घडी त्यहि उद्देश्यमा दृढता प्रकट गर्दै समस्त नेपालि दिदी बहिनी, दाजुभाइमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना प्रकट गर्दछु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत