फागुन ७ गते भव्य कार्यक्रम गर्न नेविसंघको निर्देशन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ६९औँ प्रजातन्त्र दिवसरका अवसरमा देशभरि विभिन्न रचनात्मक कार्यक्रमहरू गर्न मातहतलाई निर्देशन दिएको छ ।

नेविसंघका मुख्य सचिव डिल्लीराज हमालले आइतबार विज्ञप्ति जारी गरेर फागुन ७ गते शहीदहरूप्रति श्रद्धाञ्जलि गर्न परिपत्र गरेका छन् ।

मुख्य सचिव महालले नेविसंघका सबै जिल्ला, विश्व विद्यालय, कलेज र ईकाइ समितिहरूलाई दीप प्रज्वलनका साथै विभिन्न रचनात्मक कार्यक्रम गर्न भनेका छन् ।

नेविसंघ विघठन भएर अलपत्र परेका बेला मुख्य सचिव हमालले सबै कार्यसमितिहरूलाई परिपत्र गरेर कार्यक्रमहरू गर्न भनेका हुन् ।

Published : Sunday, 2019 February 17, 9:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया