ओलीलाई ‘यमराज’ भनेपछि बुरुक्क भइन शान्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचेतक शान्ता चौधरीले गायक पशुपति शर्माको गीतमा प्रतिबन्ध लगाएर कम्युनिस्ट सरकारले राम्रो कार्य गरेको टिप्पणी गरेकी छिन् ।

फेसबुकमा स्टाटस लेखेर चौधरीले राष्ट्रप्रेमी नेता खड्गप्रसाद ओलीलाई ‘युमराज’ भनेकोमा आपत्ति जनाएकी छिन् । उनले नाकाबन्दीलाई परास्त गरेको भन्दै ओलीको प्रशंसा गरेकी छिन् ।

‘अरु देशमाथि विदेशीले उपनिवेश कायम गर्दा हाम्रा देशलाई पुर्खाले बचाए, घुँडा टेकेनौं कहिल्यै, झुकेन हाम्रो स्वाभिमान , लुकेन हाम्रो बिरता’, नेकपाकी सचेतक चौधरीले भनेकी छिन् ।

‘परिवर्तनलाई स्वीकार गरे बापत, नेपाली जनताले आफ्नो संविधान आफै लेखे बापत भोग्न परेको नाकाबन्दीबिरुद्ध सानदार ढंगले परास्त गर्ने र बिस्तारै संमृद्धिको आभास दिन खोज्ने तिनै होनहार राष्ट्रप्रेमी नेतालाई यमराज साशक भन्ने गीत गाउँदा ताली बजाउन सकिँदैन’, चौधरीले भनेकी छिन् ।

‘राष्ट्रपति व्यक्ति मात्रै होइन देशको सर्वोच्च संस्था हो, पर्दाभित्रबाट षड्यन्त्रको तानाबाना बुन्दै बिना कारण झुट आरोप लगाएर घरीघरी बदनाम गर्न खोज्नु खेदजनक छ’, उनले भनेकी छिन्, ‘प्रहार गर्नुको पनि सीमा हुन्छ । एउटा कलाकार जसले आफ्नो स्वाभिमान झुकाएर गीत गाउँछन्, अरु देशमा लुट्न पाइँदैन हाम्रो देशमा मात्रै पाइँन्छ भनेर विश्वका सामु आफ्नो देशको गरिमालाई कमजोर बनाउँछन् ।’

उनले भनेकी छिन्, ‘जनतालाई उत्साह दिने गरी भएका काममा पर्दा लगाउँछन् र निराशा बाँड्ने गीत गाउँछन् । तिनै कलाकार देशका गहना कसरी हुन सक्छन ?’

Published : Sunday, 2019 February 17, 10:55 am

7 प्रतिकृया प्राप्त “ओलीलाई ‘यमराज’ भनेपछि बुरुक्क भइन शान्ता”

  • अनि तिमिहरू नेताले राम्राे काम गरन देसले राम्राे गरेकाे अबस्थामा याे गित गाउनै पर्दैननि हैनर काम नगृने अनि गरेन भन्ने लाइ मुख बन्द गर्ने

  • अनुहार प्रष्ट संग ऐनामा देखिए पछिको पिडा हो । शान्ता जीको

  • खै त पाठक जस्ता ह्वाइट बडी 33 Kg सुन काभ्रष्टाचारीलाई खै कार्वाही भयको खै तिमीहरू बोलेको एउटा गीतमा यति आपती यत्रो देश लुटिदा चुप wawa राष्ट्रभत्ती नेता हरु

  • निर्मला पन्तको बारेमा नबोल्ने शान्ता चौधरी आज मान्छे रुपि कुकुर नेता हरुलाइ भन्दा तिम्रो चित्त दुख्यो होइन?थुक्क तिमी नारी कि नाम मा कलन्क हौ।

  • शान्ताजी,
    १. तपाइंकाे ज्ञान र अनुभव अब परिपूर्ण भएकाे हाे ? अब जान्न केही बाँकी छैन ?
    २. विचार र भावना कहिल्यै मारेर मर्दैनन्, थुनेर थुनिँदैनन्, छेकेर छेकिँदैनन् भन्ने टाढाकाे के कुरा, यही दशपन्ध्र वर्षभित्र देशमै अाएका घटनाक्रमबाट प्रत्यक्ष भएकाे देख्नुु भएकाे छैन ?
    ३.लाेकगीतमा अाउनु भनेकाे तपाइंकाे अास्थाकाे प्रतिक कहाँ पुगेकाे रहेछ भन्ने खुलासा पनि हाे । अर्काे शब्दमा तपाइँले कस्ताे मूर्तिमा अाफनाे अास्था राख्नु भा रै छ भन्ने पनि हाे ।
    ४. नानीले पहिलाे पल्ट बाले अामालाइ कुटेकाे देख्ताजस्तै भयाे तपाइँलाइ ? हेर्दैजानाेस् ।
    ५. तपाइँकाे अास्थाभावलाइ सलाम तर पटकपटक भंग भैरहने पराले मूर्तिमा अास्था नराख्न मेराे सुझाव छ तपाइ हुने बिरूवाजस्ताे ठानेर दिएकाे ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया