वीरगञ्जमा पनि खुल्यो जीपी कोइराला फाउण्डेशन

वीरगञ्ज । नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाको नाममा वीरगञ्जमा जीपी कोइराला फाउण्डेशनको उदघाटन गरिएको छ ।

वीरगञ्जमा शनिबार आयोजित विशेष कार्यक्रम गरेर नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा.शेखर कोइराला र सुजाता कोइरालाले संयुक्त रुपमा फाउण्डेशनको उदघाटन गरेका हुन् ।

फाउण्डेशनको उदघाटन गर्न आपुगेका कांग्रेसका नेताहरूलाई फाउण्डेशन र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले मञ्चमा १ सय २१ किलोको माला लगाइदिएर स्वागत गरेका थिए ।

कोइराला परिवार राजनीतिमा तीन तिर होइन एक भएर अघि बढ्नुपर्ने भन्दै आयोजकले एउटै माला लगाइदिएका हुन् ।

केही समयअघि गृह जिल्ला विराटनगरमा पनि शुभेच्छुकहरूले कोइराला परिवारलाई एउटै माला लगाइदिएका थिए ।

Published : Saturday, 2019 February 16, 6:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया