यी हुन् अर्का पत्नी बिगार्ने प्रहरीका सई
मुगु । मुगु जिल्लामा सापटी लिएको रकम लिन बोलाएर महिलालाई बलात्कार गरेको अभियोगमा सई सूर्यबहादुर शाही पक्राउ परेका छन् ।
रकम लिन शुक्रबार साँझ पुगेकी महिलामाथि प्रहरीका सई शाहीले हातपात गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । छायानाथ रारा नगरपालिका ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई हुम्ला चंखेली गाउँपालिका दार्माका शाहीले दुर्व्यवहार गरेका हुन् । उनी अस्थायी प्रहरी चौकी चैनका सई हुन् ।
लामो समयसम्म श्रीमती घर नआएपछि खोज्दै जाँदा चैन भन्ने गाउँमा भिर बाटोमा एक्लै भेटिएको पीडित महिलाका श्रीमानले बताएका छन् ।
रातिसम्म खोजेपछि प्रहरी चौकी चैनमा रहेका सईले रकम लिन बोलाएको र चैन खोलामा पुग्दा जबर्जस्ती गरेको श्रीमतीले बताएकी उनले बताए ।
पछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेको उनले बताए । प्रहरीले दोषी शाहीलाई पक्राउ गर्न आनाकानी गरेको तर, आफूले लगातार दबाब दिएपछि पक्राउ गरेको उनले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयभित्रै सई शाहीले आफूलाई धम्क्याएको पीडितका श्रीमानले बताएका छन् ।
पहिला बजारमा रहेको किराना घुम्ती पसलबाट सामानहरू लिने गरेका शाहीले एक दिन राति मदिरा सेवन गरी घुम्तीसमेत फुटाएको तर चैन गाउँका स्थानीयको आग्रहमा आफूले छुट दिएको बताए ।
शुक्रबार साँझ शाहीले फोन गरी आफू प्रहरी चौकी सोरुकोटमा सरुवा भइसकेको र बिहानै जाने तयारी भएकाले पैसा लिन आउन भनेपछि पैसा लिन गएको बेला चैन खोलामा जबर्जस्ती गरेको पीडित ३० वर्षीया ममता कुमारी (नाम परिवर्तन)ले बताइन् ।
सई शाहीले आफ्नो घुम्ती पसलबाट बेला बेलामा सामान लिने गरेको र असईबाट सईमा बढुवा भएको बेला केही महिना पहिले दुई हजार नगदसमेत सापटी लिएको उनले बताइन् ।
दुवै जनाको स्वास्थ्य परीक्षणसमेत भए पनि पीडितका पक्षबाट जाहेरी दर्खास्त नआएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक लालबहादुर ऐरले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत